लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने

लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने

२०७८, कार्तिक ३ बुधवार

  • 805
    SHARES

  • लेबनानको संसदीय निर्वाचन आगामी मार्चमा हुने

    बेरुत ।  लेबनानको संसदीय निर्वाचनको मिति तोकिएको छ । लेबनानको संसद्ले नै मङ्गलबार संसदीय निर्वाचनको मिति तय गरेको हो । 

    संसद्को निर्णयअनुसार लेबनानमा आगामी मार्च २७ मा संसदीय निर्वाचन हुनेछ । यसअघि मे महिनामा गर्ने तय भएको निर्वाचन सारेर मार्चमा गर्ने निर्णय भएको हो ।   

    इस्लामिक धर्मावलम्बीहरूको उपासनाको महिनालाई समेत ध्यान दिएर नयाँ मिति तय गरिएको प्रधानमन्त्री नाजिब मिकातीले बताएका छन् । 

    संसद् बैठक पछि बोल्दै उनले निर्वाचनको गृहकार्य सरोकारवालाहरूले अहिलेदेखि नै सुरु गर्ने जानकारीसमेत दिए । 

    लेबनानमा अहिले आर्थिक सङ्कट उत्पन्न भएको छ भने निर्वाचनमा यही विषयलाई मुख्य एजेन्डा बनाइने भएको छ ।  एजेन्सी ।

     

    २०७८, कार्तिक ३ बुधवार०७:२२:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार