एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

२०७८, कार्तिक ४ बिहिवार

  • 729
    SHARES

  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

    पार्टीको आशन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने तय भएको छ ।

    गत असोज १५–१७ गते सम्पन्न विधान महाधिवेशनमा १०औँ महाधिवेशन अर्को निर्णय नभएमा लुम्बिनी प्रदेशको बुटवलमा हुने घोषणा गरिएकामा उक्त स्थान परिवर्तन हुने सङ्केत देखिएको छ ।

    बागमती प्रदेशको बुधबार बसेको बैठकमा सो प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफूहरू आफ्नो प्रदेशमा महाधिवेशन व्यवस्थापन गर्न तत्पर रहेको उद्घोष गरे पनि अध्यक्ष ओलीले स्थायी कमिटीले यसबारे निर्णय गर्ने जनाए ।

    २०७८, कार्तिक ४ बिहिवार०७:२७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार