बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

२०७८, कार्तिक ६ शनिवार

  • 757
    SHARES

  • बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

    बङ्गलादेश । बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् ।

    प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनामा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ जसबाट थप तनाव सृजना भएको जनाइएको छ । 

    आक्रमणकारीहरूले शिविरमा रहेको इस्लामिक विद्यालयमा पढ्ने मानिसलाई गोली र छुरा प्रहार गरेको जनाइएको छ । 

    उक्त घटनामा त्यस शिविरमा चार जनाको तत्काल मृत्यु भएको छ भने बालुखली शरणार्थी कम्प्लेक्सको एउटा शिविरको एउटा अस्पतालमा अन्य तीन जनाको मृत्यु भएको छ । त्यहाँ ९० हजार मानिस बस्ने गर्दथे ।

    प्रहरीले मृतक र घाइतेको वास्तविक सङ्ख्या सार्वजनिक नगरे पनि चिकित्सकहरूले नाम नभन्ने सर्तमा कम्तीमा २० जना नराम्ररी घाइते भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार अस्पतालमा उपचाररत अधिकांश घाइतेहरू अङ्गभङ्ग भएका छन् । 

    प्रहरी अधिकारी कामरान हुसेनका अनुसार “रोहिंग्या दुश्मनहरू“ बिहान सबेरै डारुल उलुम नाडवतुल उलामा अल इस्लामिया मदरसामा प्रवेश गरेर एक्कासि गोली प्रहार गरेका थिए । 

    उक्त घटनापछि २७,००० भन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त शिविरलाई सुरक्षा बलले तुरुन्त नियन्त्रणमा लिएको थियो ।- एजेन्सी । 

    २०७८, कार्तिक ६ शनिवार०७:१७:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार