भारतमा कोभिड-१९ का थप १६,३२६ नयाँ सङ्क्रमित,६६६ जनाको मृत्यु

भारतमा कोभिड-१९ का थप १६,३२६ नयाँ सङ्क्रमित,६६६ जनाको मृत्यु

२०७८, कार्तिक ६ शनिवार

  • 689
    SHARES

  • भारतमा कोभिड-१९ का थप १६,३२६ नयाँ सङ्क्रमित,६६६ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ  । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन्  ।

    संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ। 

    यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् । एजेन्सी ।

    २०७८, कार्तिक ६ शनिवार१२:५४:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार