भारतमा १२ पदयात्री मारिए

भारतमा १२ पदयात्री मारिए

२०७८, कार्तिक ६ शनिवार

  • 905
    SHARES

  • भारतमा १२ पदयात्री मारिए

    नयाँ दिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ ।

    हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले  दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकहरूक बारेमा प्राप्त जानकारी अनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्ड बाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।

    यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्याहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ । एजेन्सी ।

    २०७८, कार्तिक ६ शनिवार०२:३७:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार