एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

२०७८, कार्तिक ७ आइतवार

  • 1.1K
    SHARES

  • एमालेका करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

    काठमाडौं । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । 

    “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । 

    कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उनले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए । देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । 

    एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । 

     

    २०७८, कार्तिक ७ आइतवार०७:१९:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार