तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छः नेता सिंह

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छः नेता सिंह

२०७८, कार्तिक ७ आइतवार

  • 753
    SHARES

  • तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छः नेता सिंह

    धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

    सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आउनुभएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग क्राकानी गर्दै उनले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए ।
     
    “चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि भएपनि राम्रो हुँदैन्”, उनले भने, “क्रियाशील सदस्यतामा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।”

    नेता सिंहले आफू आसन्न १४औँं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने दावी गर्दै मङ्सिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्छ । यसमा के गाह्रो छ भनी प्रश्न गरे । 

    उनले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकाले यसलाई अब तोड्नुपर्ने बेला आएको बताउँदै यसमा परिवर्तनका लागि आफू प्रवल दाबेदार रहेको उल्लेख गरे ।

    उनले आफू गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मको पालामा उपसभापति भएर काम गरेको हुँदा आफू पार्टी सभापतिका सबल र सक्षम उम्मेदवार रहेको बताए । उनले भने, “पार्टीलाई सबल र सुदृढ बनाउनका लागि यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागिपरेको छु ।”

    २०७८, कार्तिक ७ आइतवार०४:५०:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार