सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

२०७८, कार्तिक ८ सोमवार

  • 973
    SHARES

  • सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

    काठमाडौँ । सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइतवार भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो ।

    भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो । 

    भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायधीवक्ता खातीले जानकारी दिए । 

    २०७८, कार्तिक ८ सोमवार०७:२९:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार