टी-२० विश्व कप: पाकिस्तानसँग भारतको लज्जास्पद हार 

टी-२० विश्व कप: पाकिस्तानसँग भारतको लज्जास्पद हार 

२०७८, कार्तिक ८ सोमवार

  • 1.4K
    SHARES

  • टी-२० विश्व कप: पाकिस्तानसँग भारतको लज्जास्पद हार 

    काठमाडौं । आईसीसी टी-२० विश्व कप क्रिकेटको सुपर १२ अन्तर्गत आइतबार राति भएको दोस्रो खेलमा भारतले पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । 

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो ।

    दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाइ १ सय ५२ रनको लक्ष्य पूरा गर्दै शानदार जित निकाल्यो ।

    शानदार जित निकालेको पाकिस्तानका लागि ओपनरद्वय कप्तान बाबर आजम तथा मोहम्मद रिजवानले अविजित अर्धशतकीय इनिङ खेले । कप्तान बाबरले ५२ बलमा ६ चौका र २ छक्कासहित ६८ रनको शानदार इनिङ खेलेका थिए ।

    यस्तै, १ सय ५२ रनको शानदार साझेदारी गर्दै विकेटकिपर ब्याट्सम्यान रिजवानले ५५ बलमा ६ चौका र ३ छक्कासहित ७९ रनको इनिङ खेलेका थिए ।

    भारतका लागि कुनै पनि बलरले सफलता हासिल गर्न सकेनन् । पहिलो इनिङमा ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै, ऋृषभ पन्त ३९ रनको योगदान गर्नुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    पाकिस्तानका लागि शहीन अफ्रिदीले सर्वाधिक ३, हसन अलीले २ तथा शादब खान र हरिस रौफले १/१ विकेट लिए ।

    यस अघिका सबै विश्वकपमा हार बेहोरेको पाकिस्तानले यस ऐतिहासिक जितका साथ आफ्नो रवाफ कायमै राखेको छ । 

    २०७८, कार्तिक ८ सोमवार०७:४९:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार