काठमाडौं । नेकपा एमाले प्रदेश स्तरीय उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य र सचिवमा समिर नेपाल चयन भएका छन् ।
सोमवार कार्यालय समुद्घाटन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले सचिवमा समिर नेपाल, कार्यालय सचिवमा कविन्द्र शेखर रिमालका साथै इन्दिरा फुँयाल, केशव घिमिरे, दिपेन्द्र श्रेष्ठ, नवराज थपलिया र मिलन धरेल थपगरि ९ सदस्यीय कार्यालय टिमको समेत घोषणा गरेका हुन् ।
काठमाडौं उपत्यका भित्र कार्यक्षेत्र रहेका ४ विशेष जिल्ला कमिटीहरु (पेशागत, मजदुर, युवा विद्यार्थी र उद्योगी व्यवसायी ) लाई समेटेर आठौं प्रदेशको रुपमा स्थापित यस कमिटीको हैसियत अन्य प्रदेश कमिटी सरह नै रहेको छ ।
गत असोज ७ गते निर्माण गरिएको १५८ सदस्यीय यस कमिटीको अध्यक्षमा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य यसअघि नै चयन भईसकेकी थिइन् ।

