दक्षिण कोरियाले इरानलाई कोभिड-१९  विरुद्धको खोप प्रदान गर्ने

दक्षिण कोरियाले इरानलाई कोभिड-१९  विरुद्धको खोप प्रदान गर्ने

२०७८, कार्तिक ९ मंगलवार

  • 681
    SHARES

  • दक्षिण कोरियाले इरानलाई कोभिड-१९  विरुद्धको खोप प्रदान गर्ने

    सियोल । दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ।

    कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्याइने छ। उक्त खोप इरानले कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको कोरियाको विदेश मन्त्रालयले जनाएको छ। 

    उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ।

    दक्षिण कोरियाले यस महिनाको शुरुमा भियतनामका लागि एस्ट्राजेनेका खोपको  ११ लाख डोज र थाइल्याण्डका लागि ४७०,००० खोपहरू उपलब्ध गराएको थियो।

    दक्षिण कोरियाको पूर्ण खोप दर कूल जनसंख्या को ७० प्रतिशत नाघेपछि अन्य देशलाई गर्ने खोप सहयोग कार्यलाई तीव्रता दिएको छ ।- एजेन्सी । 

    २०७८, कार्तिक ९ मंगलवार०७:३२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार