आजहुने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा एमाले बुढानिलकण्ठ नगरपालिका

आजहुने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा एमाले बुढानिलकण्ठ नगरपालिका

२०७८, कार्तिक ९ मंगलवार

  • 1.1K
    SHARES

  • आजहुने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा एमाले बुढानिलकण्ठ नगरपालिका

    काठमाडौं । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिकाले सर्वसम्मतरुपमा कमिटी चयन गर्ने योजना बनाएको छ । कार्तिक ६ गते सम्पन्न वडा अधिवेशनबाट १३ वटै वडामा सर्वसम्मत कमिटी गठन गरेको बुढानिलकण्ठले नगर कमिटी पनि सर्वसम्मत बनाउने तयारी गरेको हो । 

    नगर अधिवेसन हुने  वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा नगर कमिटीको बैठक आयोजना गर्दै नेकपा एमाले बुढानिलकण्ठले अधिवेसन तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

    नगर अधिवेसनलाई व्यवस्थित र भव्य बनाउनका लागि प्रतिवेदन लेखन, कार्यक्रम व्यवस्थापन, प्रचार प्रसार र स्वयंसेवक उप समितिका अन्तिम कामको अनुगमन गरेको बैठकले प्रतिनिधि छनौट सहित विभिन्न विषयमा निर्णय गरेको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।

    कार्तिक ६ गते भएका वडा अधिवेसनहरुले नेकपा एमालेका नेता,कार्यकर्ता,समर्थक,शुभचिन्तहरुमा व्यापक उत्साह देखिएको भन्दै अध्यक्ष डंगोलले कार्तिक ९ गते सर्वसम्मत घोषणा नगर कमिटी घोषणा गर्दै निर्वाचन तयारीको अभियान शुरु गर्ने बताएका छन्।

    नेकपा एमालेमा देखिएको विवाद संगै चोइटिएर बनेको नेकपा एसमा सनाखत गरेका केहि जनप्रतिनिधिहरु नेकपा एमालेमा फर्किसकेको र केहि सघन सम्पर्कमा रहेको जानकारी दिदै डंगोलले अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि आज हुने अधिवेसनको उद्घाटनमा सहभागी हुनका लागि आग्रह गरेका छन्।

    १९ सय भन्दा बढी संगठित सदस्य रहेको नेकपा एमाले बुढानिलकण्ठको अधिवेशन कार्तिक ९ गते बिहान ११ बजे अमुप्रस्थ पार्टी प्यालेसमा हुने जानकारी दिदै डंगोलले व्यापक सहभगिताका लागि नगरवासीमा अनुरोध समेत गरेका छन्।

    २०७८, कार्तिक ९ मंगलवार०९:३६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार