दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

२०७८, कार्तिक ९ मंगलवार

  • 817
    SHARES

  • दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

    सोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो । 

    पूर्व सेना प्रमुख समेत रहेका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए । 

    उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भइ त्यसलाई स्विकारेका पनि थिए ।

    रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता थिए । उनको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो ।

    २०७८, कार्तिक ९ मंगलवार०३:१७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार