प्राविधिक जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

प्राविधिक जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

२०७८, कार्तिक १० बुधवार

  • 1.2K
    SHARES

  • प्राविधिक जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तालिमप्राप्त जनशक्ति उत्पादनमा लक्ष्य अनुसार काम गरेर परिणाम निकाल्न आग्रह गरेका छन् । 

    मन्त्री पौडेलले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को कार्यालय निरीक्षण गर्दै उनले गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगारसँग जोडेर काम गर्न निर्देशन दिएका हुन् । उनले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ गर्दै जनशक्ति उत्पादनमा अहोरात्र खट्न र गम्भीरतापूर्वक लाग्न आग्रह गरे । 

    विश्व बैंकको रु छ अर्ब ऋण सहयोगमा सो परियोजनाको दोस्रो चरणको कार्यक्रमले आगामी असार मसान्तसम्ममा एक लाख १५ हजारलाई सीपयुक्त तालिम दिने लक्ष्य लिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए । 
     
    यसैबीच मन्त्री पौडेलले इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसका अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षरोपण गरे । 

    २०७८, कार्तिक १० बुधवार०८:०८:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार