वर्षाले पाकेको मार्सी धान नष्ट

वर्षाले पाकेको मार्सी धान नष्ट

२०७८, कार्तिक १० बुधवार

  • 1.2K
    SHARES

  • वर्षाले पाकेको मार्सी धान नष्ट

    खलङ्गा । अत्याधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सी धान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ ।

    तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सी धानका खेतमा बाढी पसेपछि ठुलो मात्रामा धान क्षति भएको छ ।

    तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका खेत डुबाएको स्थानीयवासीले बताएका छन् ।

    मार्सी धानको उद्गमस्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला–ठूला काठका पुलसमेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

    लाछुज्यूलाको बीचभागमा बाढी पसेपछि मार्सी धानमा क्षति पुगेको छ । सोही गाउँपालिका–४ हाँकु क्षेत्रको ठाँटाज्यूलामा समेत मार्सी धान नष्ट भएको स्थानीयवासी देवीप्रसाद पाण्डेले बताए । यहाँका किसानको ५० देखि ६० मुरीको खेतमा उत्पादन हुने धानको फाँटमा नदी बगिरहेको छ ।

    तिला गाउँपालिका–४ का प्रेमबहादुर शाहीका अनुसार वर्षाले सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुलसमेत बगाएको छ ।

    जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर दुई हजार ९०० हेक्टरमा धान फल्छ ।

    करिब १३ हेक्टरमा लगाएको मार्सी धान बाढीले बगाएको छ । पाँच हेक्टर खेत डुबानमा परेको छ । जिल्लामा ९०० हेक्टरमा धान काट्न बाँकी रहेको देवकोटाले बताए । रातीमार्सी धान फल्ने सिंजा क्षेत्रमा धान डुबानमा परेर बिग्रेको छ ।

    २०७८, कार्तिक १० बुधवार०१:१४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार