सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल- बुर्हान

सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल- बुर्हान

२०७८, कार्तिक १२ शुक्रवार

  • 833
    SHARES

  • सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल- बुर्हान

    सुडान । सुडानका सशस्त्र बलका कमान्डर-इन-चीफ अब्देल फताह अल-बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन् ।

    प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल-बुर्हानले स्पुतनिकलाई भने, मलाई आशा छ केही दिन वा एक हप्ता भित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुनिनेछ।

    सुडानी सेनाले गत सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ ।

    सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल-बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपत्कालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन्।

    मंगलबार हाम्डोक र उनकी श्रीमती राजधानी स्थित निवास फर्किएको जनाइएको छ।-एजेन्सी ।

    २०७८, कार्तिक १२ शुक्रवार०३:१९:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार