भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

२०७८, कार्तिक १२ शुक्रवार

  • 941
    SHARES

  • भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

    नयाँ दिल्ली। भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  

    सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला  राज्यका रहेका छन् । 

    हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।  - एजेन्सी ।

    २०७८, कार्तिक १२ शुक्रवार०३:३०:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार