काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि चयन कात्तिक २७ गते हुने भएको छ । केन्द्रीय कमिटीको बैठकमा कात्तिक २७ गते देशभर सबै जिल्लामा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने प्रस्ताव पेस भएको छ ।
एमालेको महाधिवेशन मंसीर १० देखि १२ सम्म हुँदैछ । भूगोलबाट ११९६ प्रतिनिधि चयन हुनेछन् भने बाँकी पदेन र मनोनित हुनेछन् । केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले प्रतिनिधि बढाउन सुझाव दिएपछि करिब चार सय संख्या बढाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि स्थायी कमिटीले १ हजार ५ सय ३६ हुने निर्णय स्थायी कमिटीले गरेको भए पनि अब चार सय थपिँदा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छन् ।
एमालेले प्रतिनिधि छनोट २७ गते गर्ने भएको छ। साथै बैठकले बाँकी रहेका वडा र पालिका अधिवेशन चाँडै गर्न निर्देशन समेत दिएको छ ।