काँचो धागोले बाँधेको गठबन्धन होइन: अध्यक्ष नेपाल

काँचो धागोले बाँधेको गठबन्धन होइन: अध्यक्ष नेपाल

२०७८, कार्तिक १३ शनिवार

  • 2.0K
    SHARES

  • काँचो धागोले बाँधेको गठबन्धन होइन: अध्यक्ष नेपाल

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ भनेका छन् । 

    विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताएका छन् । 

    उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको छ भने । 

    २०७८, कार्तिक १३ शनिवार११:३५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार