परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु

परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु

२०७८, कार्तिक १५ सोमवार

  • 997
    SHARES

  • परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ ।

    शिक्षामन्त्री देवेन्द्र पौडेलले यस प्रक्रियाका लागि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् ।

    सरकारले खुला विश्वविद्यालय पूर्व उपकुलपति लेखनाथ शर्मा र प्राध्यापक मिना गुरुङ सदस्य रहेको उक्त समितिको सिफारिसका आधारमा बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

    समितिले गरेको सिफारिसका आधारमा सरकारले अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेकाले प्रक्रिया सुरु भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।

    चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल गत असोजमा सकिएको थियो । अध्यक्षले बोर्डमा पूर्णकालीन रूपमा कार्यकारी भूमिकामा काम गर्ने व्यवस्था रहेको छ । -प्रशासन

    २०७८, कार्तिक १५ सोमवार०८:२७:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार