टी–२० विश्वकपमा रोकिएन भारतको हार, न्यूजिल्याण्डसँग ८ विकेटले पराजित

टी–२० विश्वकपमा रोकिएन भारतको हार, न्यूजिल्याण्डसँग ८ विकेटले पराजित

२०७८, कार्तिक १५ सोमवार

  • 1.2K
    SHARES

  • टी–२० विश्वकपमा रोकिएन भारतको हार, न्यूजिल्याण्डसँग ८ विकेटले पराजित

    काठमाडौं। टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर ११० रन बनाएको थियो ।

    भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पुरा गरेको छ । यो हारसँगै भारतीय टोलीको सेमिफाइनल पुग्ने आशामा ठूलो धक्का लागेको छ ।

    खेलमा सुरुदेखि नै न्यूजिल्याण्डको अग्रता थियो । न्यूजिल्याण्डले उत्कृष्ट बलिङ र ब्याटिङका ​​कारण भारतलाई सजिलै पराजित गर्‍यो ।

    १११ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए । केन विलियम्सनले नटआउट ३३ र मार्टिन गुप्टिलले २० रनको योगदान दिए ।

    भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए । टस जितेर ब्याटिङ गरेको भारतीय टोलीले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको थियो ।

    यसअघि टस जितेर न्युजिल्याण्डले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । इनिङ्समा रविन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए ।

    भारतका लागि खेल्दा केएल राहुलले १८ रन बनाए । यसअघि इशान किशन पनि चार रन बनाएर आउट भएका थिए ।

    रोहित शर्माले आफ्नो सेयरमा १४ रन जोडे । कप्तान विराट कोहली पनि लामो इनिङ्स खेल्न सकेनन् । उनी मात्र ९ रन बनाएर आउट भए ।

    ऋषभ पन्तको विकेट पनि चाँडै नै खसेको थियो । हार्दिक पाण्ड्या २३ रन बनाएर प्याभिलियन फर्किए । अब भारतका लागि सेमिफाइनलको बाटो कठिन हुने देखिएको छ ।

    भारतीय टोलीको प्लेइङ इलेभेनमा सूर्यकुमार यादवको स्थानमा इशान किशनलाई समावेश गरिएको छ । 

    २०७८, कार्तिक १५ सोमवार०८:३७:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार