महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ: सचिव भट्टराई

महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ: सचिव भट्टराई

२०७८, कार्तिक १७ बुधवार

  • 961
    SHARES

  • महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ: सचिव भट्टराई

    काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन् । 
     
    महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले मंगलवार आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिए । उनले भने, “अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।”

    उनले महाधिवेशनका लागि दस्तावेज प्रकाशनको तयारीमा रहेको र केन्द्र, जिल्ला, स्थानीय तह र जनसङ्गठनले प्रतिनिधि छनोट र प्रचारात्मक कार्यको थालनी गरेको जानकारी दिए । 

    आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीबारे जानकारी दिन एमालेले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ । 

    पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार मात्रै महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गरेका थिए । एमालेले गत असोजमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    २०७८, कार्तिक १७ बुधवार०७:४५:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार