रु १०० ले उकालो लाग्यो सुनको मूल्य

रु १०० ले उकालो लाग्यो सुनको मूल्य

२०७७, पौष ९ बिहिवार

  • 2.3K
    SHARES

  • रु १०० ले उकालो लाग्यो सुनको मूल्य

    पौष ९, काठमाडौँ । 

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।  चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ ।

    बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ । 

    २०७७, पौष ९ बिहिवार१२:१०:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार