केही विद्धानहरुले प्रचण्डलाई सिध्याउन खोजे - अध्यक्ष दाहाल

केही विद्धानहरुले प्रचण्डलाई सिध्याउन खोजे - अध्यक्ष दाहाल

२०७८, कार्तिक १८ बिहिवार

  • 1.1K
    SHARES

  • केही विद्धानहरुले प्रचण्डलाई सिध्याउन खोजे - अध्यक्ष दाहाल

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही विद्वानहरूले प्रचण्डलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । 

    आज (बिहीबार) ललितपुरको महालक्ष्मीस्थानमा नेपाल संवत् ११४२ को अवसरमा नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रतिक्रियावादीको उद्देश्य माओवादीलाई सिध्याउने भएको प्रचण्डको भनाई छ । 

    माओवादीलाई कमजोर नपारेसम्म सामन्ती, दलाल र पुँजीपतिहरूको स्वार्थ पूरा नहुने उनले बताए।

    प्रतिक्रियावादीहरू बडो सचेत छन्। उनीहरूले ताकेर माओवादीलाई हिट गर्ने, उनीहरूको उद्देश्य माओवादी नसिध्याएसम्म माओवादीलाई कमजोर नपारेसम्म उनीहरूको हिजोको सामन्ती भनौँ या हिजोको दालाल, पुँजीपतिहरूको स्वार्थ पूरा हुँदैन, उनले भने।

    उनले थपे, त्यसकारण माओवादीलाई नसिध्याएसम्म देशले सुख पाउँदैनन् भन्छन्। हामी के भन्छौँ- माओवादीबिना जनताले सुख पाउँदैनन्। ती प्रतिक्रियावादी जाली फटाहाहरूले दुक्ख पाउँछन् माओवादी बलियो भयो भने। त्यो साँचो कुरा हो। हामी तिनलाई दुक्ख परोस् भन्ने चाहन्छौँ जनतालाई सुख होस् भन्ने चाहन्छौँ।

    २०७८, कार्तिक १८ बिहिवार०२:०१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार