भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

२०७८, कार्तिक १८ बिहिवार

  • 777
    SHARES

  • भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

    नयाँदिल्ली । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

    सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् । 

    सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ४८ हजार ५७९ रहेको छ । तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । 

    दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ ।

    भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल सङ्ख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ ।  

    त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ । 

    २०७८, कार्तिक १८ बिहिवार०२:०७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार