गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन: ओली

गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन: ओली

२०७८, कार्तिक २१ आइतवार

  • 869
    SHARES

  • गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन: ओली

    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको भक्षकको रुपमा संज्ञा दिएका छन् ।

    एमाले कर्णाली–काठमाडौँ सम्पर्क समितिले तिहारका अवसरमा आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन् । यिनीहरुलाई लोकतन्त्रका मूल्यमान्यता होइन सत्ता चाहिएको छ, देश होइन।’ उनले भ्रमहरुका विरुद्ध लड्ने जागरण पैदा गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘प्रतिगामी परमादेश अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौं । तर, लोकतन्त्र तलमाथि हुन दिदैंनौं । संविधान च्यात्न दिदैंनौं।’

    ओलीले भने, ‘आफ्ना हितहरुको सुरक्षा गर्न शासकहरुले राज्यको प्रबन्ध गरेको हुन्छ । यस्तै, गलत चेतना विस्तार गर्न विशेष पण्डित तयार गरेको हुन्छ।

    २०७८, कार्तिक २१ आइतवार०७:०४:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार