जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल

जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल

२०७८, कार्तिक २२ सोमवार

  • 757
    SHARES

  • जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल

    अमान । जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाका बारेमा छलफल भएको छ । सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ ।

    जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गरेका थिए ।

    त्यस भेटका क्रममा सिरियामा जारी हिंसा तथा सङ्कटको अन्त्यका लागि आवश्यक सहयोग र सहकार्यका बारेमा कुराकानी भएको जोर्डनको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

    त्यस अवसरमा जोर्डनका विदेशमन्त्री सफादीले जोर्डनले सिरियामा शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर आवश्यक कार्य गर्ने बताएका थिए ।

    सिरियामा वर्षौँदेखि जारी रहेको हिंसामा परी लाखौँ मानिसको ज्यान गएको छ भने यहाँका लाखौँ नागरिकहरु स्वदेश तथा विदेशमा विस्थापित हुन पुगेका छन् ।

    यहाँ शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक समाधानका लागि सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आग्रह गर्दै आए पनि सो सम्भव हुन सकेको छैन ।एजेन्सी ।

    २०७८, कार्तिक २२ सोमवार०३:१५:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार