बोको हरामका चार लडाकु मारिए

बोको हरामका चार लडाकु मारिए

२०७८, कार्तिक २६ शुक्रवार

  • 1.1K
    SHARES

  • बोको हरामका चार लडाकु मारिए

    अबुजा । नाइजेरियाको उत्तरी राज्य बोर्नोमा सेनाले गरेको आक्रमणमा परी कम्तीमा चार बोको हराम लडाकुको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको सेनाका प्रवक्ताले बताएका छन् ।

    बोर्नो राज्यको पुलका सहरको क्रसिङ पोइन्टमा विद्रोहीहरूको गतिविधि देखेपछि सेनाले आक्रमण गरेको बताइएको छ ।

    सेना र लडाकुहरू बीच भीषण मुठभेड भएको थियो । कारबाहीका क्रममा सेनाले ठुलो मात्रामा हातहतियारसमेत बरामद गरेको छ । उक्त घटनामा अन्य थुप्रै घाइते भएको पनि जनाइएको छ ।

    बोको हरामले सन् २००९ देखि उत्तर पूर्वी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्ने प्रयास गरिरहेको छ । एजेन्सी ।

    २०७८, कार्तिक २६ शुक्रवार१०:२३:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार