नेकपाको बैठक शुरु

नेकपाको बैठक शुरु

२०७७, पौष ९ बिहिवार

  • 3.2K
    SHARES

  • नेकपाको बैठक शुरु

    पौष ९, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज अपराह्न शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो बैठक शुरु गरिएको हो । 

    बैठकमा  मनोनित केन्द्रीय सदस्यलाई शपथ  गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।  नयाँ थप मनोनीत केन्द्रीय सदस्य ५५६  जना छन् । 

    केन्द्रीय कमिटीको  यही पुस ७ गते बसेको  बैठकले एक हजार १९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो  । बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा पनि सहभागी  भएका छन् ।

    यस्तै नेकपा दाहाल– नेपाल समूहको  बैठक पनि बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने जनाइएको छ ।

    २०७७, पौष ९ बिहिवार०२:५५:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार