आज काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

आज काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७८, कार्तिक २८ आइतवार

  • 773
    SHARES

  • आज काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन तयारीबारे छलफल गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे बस्ने छ । 

    शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ। ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी रहेको छ ।

    केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी रहेको छ।

    महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ ।

    २०७८, कार्तिक २८ आइतवार०७:२४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार