काठमाडौं । नेकपा एमाले उपत्यका बिशेष प्रदेश कमिटी अन्तर्गत पेशागत विशेष जिल्ला कमिटीबाट अध्यक्ष प्रेम कुमार पराजुली सहित १० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
शनिवार साँझ जिल्ला तथा प्रदेशका नेताहरुले दुई दर्जन भन्दा बढी आकांक्षी उम्मेदवारबीच सहमति कायम गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् ।
कानुन, प्राध्यापक, विश्व विद्यालय कर्मचारी र शिक्षक इलाकाका साथै महिला आकांक्षीहरु बीच सहमति कायम गर्न केही समय खर्चनु परेपनि अन्य इलाकामा भने समयमै प्रतिनिधिको विषय टुंगिएको जिल्ला निर्वाचन समितिले जनाएको छ । यस जिल्ला कमिटी अन्तर्गत ६६६४ पार्टी सदस्य रहेका छन् ।
यी हुन पेशागत विशेष जिल्लाबाट सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधि
१. प्रेम कुमार पराजुली
२. प्रेम प्रसाद पराजुली
३. कुलप्रसाद आचार्य
४. केदार देवकोटा
५. प्रकाश भट्टराई
६. गुरुभक्त निरौला
७. विनोद जोशी
८. जानुका श्रेष्ठ
९. लक्ष्मी भूषाल
१०. लक्ष्मी कार्की

त्यसैगरि उपत्यका विशेष प्रदेश कमिटीबाट सचिव समिर नेपाल सहित ५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् ।
प्रदेश अध्यक्ष सुजिता शाक्य पार्टी केन्द्रीय सदस्य रहेकी कारण स्वतः महाधिवेशन प्रतिनिधि हुँदा प्रदेशमा आकांक्षीहरुलाई मिलाउन थप सहज भएको बुझिएको छ ।
यी हुन् उपत्यका विशेष प्रदेश कमिटीबाट सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधि
१. समीर नेपाल,
२. कविन्द्रशेखर रिमाल,
३. मोहन रेग्मी,
४. विन्दीया कार्की,
५. भवानी दाहाल