रुसमा एकै दिन ३८ हजार बढीमा कोरोना सङ्क्रमण

रुसमा एकै दिन ३८ हजार बढीमा कोरोना सङ्क्रमण

२०७८, कार्तिक ३० मंगलवार

  • 753
    SHARES

  • रुसमा एकै दिन ३८ हजार बढीमा कोरोना सङ्क्रमण

    बेइजिङ । रुसमा कोरोनाबाट एक दिनमा ३८ हजारभन्दा बढी सङ्क्रमित भइरहेका बेला चीनमा भने ५२ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।

    चिनियाँ समाचार संस्थाहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनभरिमा ५२ जना मात्र नयाँ सङ्क्रमित थपिएका हुन् ।

    नयाँ थपिएका मध्ये पनि देशभित्रैबाट सङ्क्रमित भएका भने ३२ जना मात्रै रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

    आन्तरिक रूपमा सङ्क्रमित भएकामध्ये २५ जना लिओनिङ्का रहेका छन् भने दुई जना हेइलोङजियाङ र एक एक जना हेबेइ र युनानका रहेका छन् ।

    अरू २० जना भने विदेशबाट आएकाहरूमध्येमा देखिएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।

    तर सोही अवधिमा रुसमा भने ३८ हजार ४२० जना नयाँ सङ्क्रमित देखिएको रुसी अधिकारीहरूको भनाइ छ । योसँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कूल सङ्ख्या ९१ लाख नौ हजार ९४ पुगेको छ ।

    रुसमा पछिल्लो समय लगातार औसतमा ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । तर ४० हजारभन्दा कम सङ्क्रमित देखिएको सोमबार तेस्रो दिन हो । -एजेन्सी । 

    २०७८, कार्तिक ३० मंगलवार०७:४४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार