टिम बनाउने कसरतमा देउवा

टिम बनाउने कसरतमा देउवा

२०७८, कार्तिक ३० मंगलवार

  • 757
    SHARES

  • टिम बनाउने कसरतमा देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवशनमा आफ्नो समूह निर्माणका लागि छलफल सुरु गरेका छन् । 

    मंसिर २४ का लागि तोकिएके १४औं महाधिवेशनले नयाँ नेतृत्व मात्र छनोट गर्ने भएपछि सोमबार आफ्नै निवास बूढानीलकण्ठमा निकटहरूको भेला राखेका हुन् । 

    जिल्ला,प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताले जित्नुपर्नेमा जोड दिंँदै सहभागी नेताले प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रमा पनि आफ्नो समूह तत्काल घोषणा गर्नुपर्नेमा जोड दिएका छन्। 

    भेलाको सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो समूहबाट १४औं महाधिवेशनमा सभापतिको एक मात्र उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा रहेको धारणा राख्दै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा भने आकांक्षी धेरै रहेको भन्दै अजेन्डा पेस गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    संस्थापन समूहकै नेता एवं पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, खड्काले त्यस विषयलाई निकट भेलामा नराखेपछि सहभागी श्रेष्ठले आफू सभापतिको दाबेदार रहेको भन्दै देउवालाई सरकार सञ्चालन गर्न र पार्टी नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।  

    विगतमा आफूले देउवालाई सहयोग गरेको भन्दै श्रेष्ठले सभापतिका आकांक्षीबीच छलफल गरेर सहमति खोज्न पनि आग्रह गरेका थिए । 

    प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको लोभ गर्दा एमाले अध्यक्ष केपी ओली अहिलेको अवस्थामा पुगेको भन्दै श्रेष्ठले सभापति देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बन्न सुझाएका थिए । 

    ‘तपाईं मोदी जस्तै सफल प्रधानमन्त्री बन्नुहोस्,’श्रेष्ठलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘पार्टी अध्यक्ष नभए पनि प्रधनमन्त्रीमा मोदीलाई सबैले मानेकै छन्। तपाईं त सभापति पनि भइसक्नुभयो अब सभापति मलाई छाडिदिनुस्।’

    देउवाले छाडे उपसभापति निधिले पनि आफूलाई सहयोग गर्ने श्रेष्ठले दाबी गरेका थिए । तर, जवाफमा देउवाले सभापतिको प्रत्यसी बन्ने सबैलाई अधिकार रहेको बताउँदै १४औं महाधिवेशनमा आफूलाई सहयोग गर्न पुनः आग्रह गरेका थिए । पदाधिकारीको आकांक्षी धेरै हुँदा व्यवस्थापनमा कठिनाइ भएको देउवाले सुनाएका थिए ।  

    खुला सहमहामन्त्री थपका लागि प्रयास भइरहे पनि नेता रामचन्द्र पौडेल त्यसका लागि तयार नरहेको उनले निकटसँग बताए । दुई उपसभापतिका लागि देउवा समूहबाट वर्तमान उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का आकांक्षी छन्।

    २०७८, कार्तिक ३० मंगलवार०८:२९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार