नेदरल्याण्डले नर्वेलाई हराउँदै बनायो विश्वकपमा स्थान

नेदरल्याण्डले नर्वेलाई हराउँदै बनायो विश्वकपमा स्थान

२०७८, मंसिर १ बुधवार

  • 1.0K
    SHARES

  • नेदरल्याण्डले नर्वेलाई हराउँदै बनायो विश्वकपमा स्थान

    नेदरल्याण्डले आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ।

    युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत मंगलबर राति भएको खेलमा नर्वेलाई २–० ले पराजित गरेर नेदरल्याण्ड्सले विश्वकपमा स्थान बनाएको हो । पराजित भएको नर्वे भने कतार विश्वकपमा खेल्न नपाउने भएको छ ।

    घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डका लागि मेम्फिस डिपे र स्टिभन बेर्ग्वीज्न गोल गरेका हुन् । स्टिभनले ८४ औँ तथा डिपेले इन्जुरी समयको पहिलो अर्थात् ९१ औँ मिनेटमा गोल गरेका हुन् ।

    जितपछि नेदरल्याण्ड समूह जी को शीर्ष स्थानमा रहेको छ । मन्टेनेग्रोलाई २–१ ले पराजित गरेको टर्की २१ अङ्कसहित समूहको दोस्रो स्थानमा छ । अर्को खेलमा लात्भियाले जिब्रालटारलाई ३–१ ले पराजित गरेको छ ।एजेन्सी ।

    २०७८, मंसिर १ बुधवार०८:४४:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार