नेपालमा बक्सिङको सम्भावना राम्रो छ : प्रधानमन्त्री देउवा

नेपालमा बक्सिङको सम्भावना राम्रो छ : प्रधानमन्त्री देउवा

२०७८, मंसिर २ बिहिवार

  • 1.2K
    SHARES

  • नेपालमा बक्सिङको सम्भावना राम्रो छ : प्रधानमन्त्री देउवा

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले आज साँझ गरेको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेला भएकाले स्तरोन्नतिका लागि सरकारको तर्फबाट सक्दो सहयोग गने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुष्पराज पन्तका अनुसार सङ्घको निमन्त्रणामा महासङ्घका अध्यक्ष उमरसहित छ सदस्यीय टोली नेपाल आएका छन् ।

    भेटका क्रममा महासङ्घका अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्नसक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उमरको टोली तीन दिनसम्म नेपालमा रहने छ ।

    २०७८, मंसिर २ बिहिवार०७:३७:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार