कोरोना अपडेट : थप ६१३ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र २४४ जना संक्रमित

कोरोना अपडेट : थप ६१३ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र २४४ जना संक्रमित

२०७७, पौष ९ बिहिवार

  • 2.5K
    SHARES

  • कोरोना अपडेट : थप ६१३ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र २४४ जना संक्रमित

    पौष ९, काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ रहेको छ ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ भने हालसम्‍म मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ संक्रमित भेटिएका  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

    २०७७, पौष ९ बिहिवार०५:१०:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार