अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकुलाई मारिए

अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकुलाई मारिए

२०७८, मंसिर २ बिहिवार

  • 869
    SHARES

  • अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकुलाई मारिए

    काबुल । अफगान सुरक्षा बलले काबुल सहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिबान अधिकारीले बिहीबार जानकारी दिएका छन्।

    इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको सराई-ए-शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्, इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् ।

    बुधबार दिउँसो काबुल सहरको प्रहरी जिल्ला १३ दशती बर्ची क्षेत्रमा भएको दुई वटा बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन महिलासहित छ जना घाइते भएका थिए ।

    काबुल विगत केही दिनयता हिंसात्मक घटनाको केन्द्र बनेको छ । कट्टरपन्थी आइएसले बुधबार भएको दुई वटा विस्फोटको जिम्मेवारी लिएको बताइएको छ । एजेन्सी ।

    २०७८, मंसिर २ बिहिवार०६:०५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार