योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

२०७८, मंसिर ३ शुक्रवार

  • 2.3K
    SHARES

  • योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

    काठमाडौँ । योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् । 

    पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन् । 

    शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।

    बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्नुहुने कार्यक्रम छ । सोही बखत उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्नुहुने कार्यक्रम छ ।

    योगगुरु बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश हो भनेका थिए । उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताए । 

    नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरु रहेका पनि बताए । शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

    २०७८, मंसिर ३ शुक्रवार०८:४२:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार