घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडास्तरसम्म पुग्यो: गृहमन्त्री खाँण

घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडास्तरसम्म पुग्यो: गृहमन्त्री खाँण

२०७८, मंसिर ३ शुक्रवार

  • 1.3K
    SHARES

  • घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडास्तरसम्म पुग्यो: गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विविध कठिनाइका बीच घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको जानकारी दिएका छन् । 

    संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले सन् २०२४ सम्म घटना दर्तालाई शतप्रतिशत पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गरिरहेको स्पष्ट पारे । 

    सम्मेलनमा गृहमन्त्री खाँणले घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  

    एशिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जनभन्दा बढी सदस्य राष्ट्रको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाँणले सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताए ।  

    सबै नेपालीको समयमा नै जनसाङ्ख्यिक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन प्रणाली आधारका रूपमा रहने बताउँदै उनले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए । सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समीक्षा गर्न सम्मेलन आयोजना भएको हो ।

    २०७८, मंसिर ३ शुक्रवार०७:३४:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार