बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन पौडेलको आग्रह

बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन पौडेलको आग्रह

२०७८, मंसिर ३ शुक्रवार

  • 1.0K
    SHARES

  • बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन पौडेलको आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने गरी योजना तथा कार्यक्रम ल्याउन सूचना तथा सञ्चार क्षेत्रका उद्यमीलाई आग्रह गरेका छन् । 

    कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को २८औँ साधारणसभाको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उद्यमी र सरोकार भएकासँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सूचना र प्रविधिका क्रियाकलापलाई राष्ट्रको मूलधारको विकास नीतिसँग जोडेर लैजान नेपाली भूगोल सुहाउँदो र स्थानीय आवश्यकता र सम्भावनाअनुसार कार्ययोजना तयार गर्नुपर्ने बताए ।  

    उनले सार्वजनिक शिक्षामा क्यानले योगदान दिन तथा व्यवसायमूलक मात्र नभई सेवामूलक र सामाजिक उत्तरदायित्व बहन गर्ने गरी क्रियाकलाप तर्जुमा गर्न पनि आग्रह गरे ।

    २०७८, मंसिर ३ शुक्रवार०७:४७:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार