भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

२०७८, मंसिर ४ शनिवार

  • 721
    SHARES

  • भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

    नयाँ दिल्ली । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान जानकारी दिएका छन् ।

    निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ ।

    बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात ओटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

    खोजी तथा उद्धारकार्य जारी रहेपनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरुमध्ये अधिकांशलाई जिवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ ।

    उनीहरुका अनुसार बाढीका कारण मृत्यु भएकाको सङ्ख्या बढ्न सक्ने देखिएको छ । -एजेन्सी । 

    २०७८, मंसिर ४ शनिवार०५:२३:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार