आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

२०७८, मंसिर ६ सोमवार

  • 721
    SHARES

  • आज नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन आज हुँदैछ । वडा र पालिका तहको अधिवेशन भइसकेका जिल्लामा हुने क्षेत्रीय अधिवेशनले कार्यसमिति र महाधिवेसनका लागि प्रतिनिधि चयन गर्नेछ ।

    १४ वटा जिल्लामा भने कांग्रेसको सबै तहको अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको विधानमा देशभरका ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति रहने प्रावधान छ ।

    त्यस्तै हरेक संघीय क्षेत्रबाट १ सभापति र २५ जना प्रतिनिधि चयन हुने प्रावधान छ । आज चयन हुने प्रतिनिधिहरुले सम्बन्धित प्रदेशको अधिवेशनमा मताधिकार पाउनेछन् ।

    कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेशसभा क्षेत्रीय अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन , मंसिर १० गते जिल्ला अधिवेशन तथा १६ र १७ गते प्रदेश अधिवेशन हुँदैछ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।

    २०७८, मंसिर ६ सोमवार०७:२३:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार