महाधिवेशन केन्द्रित एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

महाधिवेशन केन्द्रित एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

२०७८, मंसिर ६ सोमवार

  • 1.3K
    SHARES

  • महाधिवेशन केन्द्रित एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

    काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

    सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको हो । महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुनेछ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिहरुको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ ।

    महाधिवेशनका लागि एमालेले देशभरबाट १९२५ प्रतिनिधि छनोट गरिसकेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ ।

    २०७८, मंसिर ६ सोमवार०८:५१:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार