काँग्रेसका कार्यवाहक जिल्ला सभापति राना महाधिवेशन प्रतिनिधिमै पराजित

काँग्रेसका कार्यवाहक जिल्ला सभापति राना महाधिवेशन प्रतिनिधिमै पराजित

२०७८, मंसिर ७ मंगलवार

  • 913
    SHARES

  • काँग्रेसका कार्यवाहक जिल्ला सभापति राना महाधिवेशन प्रतिनिधिमै पराजित

    स्याङ्जा । नेपाल काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धि बहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । 

    स्याङ्जा क्षेत्र १ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका राना पराजित भएका हुन् । 

    उनले ४३७ मत ल्याएका छन् । 

    यस क्षेत्रमा खुल्ला तर्फ राजु थापा (८२३), अजित क्षेत्री (७०५), तुलसी गिरी (६८०), गोविन्द बहादुर रानाभाट (५५६), भरतप्रसाद लम्साल (५३८), डोल बहादुर खड्का (५२३), प्रेमराज पौडेल (५१४), इन्द्र बहादुर रिजाल (४७५), भुमी बहादुर गुरुङ (४६७) र श्रीराम उपाध्याय (४५१) मत ल्याएर विजयी भएका छन् । 

    २०७८, मंसिर ७ मंगलवार०७:५४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार