नेकपा एमाले उपत्यका विशेष कमिटीद्धारा मूलबाटो विमोचन

नेकपा एमाले उपत्यका विशेष कमिटीद्धारा मूलबाटो विमोचन

२०७८, मंसिर ७ मंगलवार

  • 2.5K
    SHARES

  • नेकपा एमाले उपत्यका विशेष कमिटीद्धारा मूलबाटो विमोचन

    काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष कमिटीले मुखपत्रको रुपमा 'मूलबाटो' विमोचन गरेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा आज साँझ ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मूलबाटोको सार्वजनिकरण कार्यक्रममा महासचिव एवं विशेष कमिटी इन्चार्ज ईश्वर पोखरेल, विशेष कमिटी अध्यक्ष एवं केन्द्रीय सदस्य सुजिता शाक्य, सचिव समिर नेपाल लगायत चारवटै विशेष जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।   

    वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरु विभिन्न गठबन्धन बनाएर अस्तित्वको लडाईँमा देखिएका छन् । उपत्यका विशेषले सोहीकुरालाई मनन् गरि दायाँ र बायाँको ढल्काईले गन्तव्यमा नपुगिने भन्दै सांकेतिक प्रतिक स्वरुप 'मूलबाटो' नामलाई मूखपत्रको रुपमा अगाडी बढाएको बुझिएको छ । 

    "सामाजिक रुपान्तरण सहित राष्ट्र निरमाणका लागि मूलबाटो, परराष्ट्रका लागि मूलबाटो लगायतका विषयलाई 'मूलबाटो' मार्फत उठान गर्न खोजेकोमा विशेष कमिटी धन्यवादको पात्र छ", प्रमुख अतिथि केपी शर्मा ओलीले भनेका थिए ।  

    महाधिवेशन केन्द्रीत मुखपत्र मूलबाटोले एमालेको निति, विधि र सिद्धान्त सम्बन्धी बुझ्न चाहनेलाई खुराकको रुपमा काम गर्ने नेताहरुले बताएका छन् । 

    २०७८, मंसिर ७ मंगलवार०७:५०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार