बैतडी कांग्रेस सभापतिमा चन्द विजयी

बैतडी कांग्रेस सभापतिमा चन्द विजयी

२०७८, मंसिर ८ बुधवार

  • 961
    SHARES

  • बैतडी कांग्रेस सभापतिमा चन्द विजयी

    बैतडी । नेपाली काँग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन् ।

    सभापतिमा चन्दले ८०९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए ।

    यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए । अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भए । उपसभापतिमा चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भए ।

    यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत प्राप्त गरे ।

    सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिए । सो पदमा पराजित भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत ल्याए ।

    एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलले क्लिन स्विप गरेको छ । मतदानमा १३४८ प्रतिनिधिले भाग लिएका थिए । जिल्लामा १४०२ प्रतिनिधि रहेका कांग्रेसले जनाएको छ । 

    २०७८, मंसिर ८ बुधवार०८:०९:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार