काँग्रेसमा झन् कसिलो बन्दै गुट

काँग्रेसमा झन् कसिलो बन्दै गुट

२०७८, मंसिर ९ बिहिवार

  • 913
    SHARES

  • काँग्रेसमा झन् कसिलो बन्दै गुट

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।

    पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा सभापति देउवातिर देखिएको छ। स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा देउवा वा इतर पक्षसँग तालमेल गर्दै आएको छ।

    पार्टीको नयाँ नेतृत्व छनोटका लागि वडा हुँदै गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन जारी रहँदा विद्यमान गुट थप कसिलो बन्न पुगेका छन्।

    प्रमुख दुई गुटबीच वडा तहदेखि नै प्रतिस्पर्धा भएको छ। कञ्चनपुर, झापासहितका केही जिल्लामा केन्द्रीय नेताको आन्तरिक प्रतिस्पर्धाले गर्दा भिन्नै खालको समीकरणसमेत देखिएको छ।

    पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

    राम्रोभन्दा हाम्रो नेता खोज्ने क्रमले तीव्रता पाउँदा केही जिल्लामा कार्यकर्ता आपसमै कुटाकुटमा उत्रिएका छन्।

    सभापति देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला सभापतिसहितका नेताको सहभागिताबिना अधिवेशन गरिएको छ। त्यसले गर्दा त्यहाँ केही तनाव भएको छ।

    २०७८, मंसिर ९ बिहिवार०८:२०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार