फ्रान्सले सबै वयस्कहरूलाई कोरोनाविरूद्धको अतिरिक्त खोप दिने

फ्रान्सले सबै वयस्कहरूलाई कोरोनाविरूद्धको अतिरिक्त खोप दिने

२०७८, मंसिर १० शुक्रवार

  • 693
    SHARES

  • फ्रान्सले सबै वयस्कहरूलाई कोरोनाविरूद्धको अतिरिक्त खोप दिने

    पेरिस । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।

    कोभिड–१९ विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने र कोभिड सङ्क्रमणको नयाँ लहरको सामना गर्ने फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले बताएका हुन् ।

    अहिलेसम्म कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा ६५ वर्ष नाघेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य समस्या भएका मानिसहरूको लागि मात्र उपलब्ध गराइएको थियो ।

    भेरानले बताएअनुसार जनवरी १५ देखि १८ वर्ष नाघेका मानिसहरूले जुन रेस्टुराँ, बार, व्यायामशाला र अन्य सार्वजनिक स्थलहरूमा प्रवेश गर्नका लागि वैध कोभिड पास राख्नु वा खोपको मात्राको प्रमाण देखाउनुपर्ने प्रावधान राखिने छ ।

    उनले सङ्क्रमणको पाँचौँ लहर विरुद्धको लडाइँलाई सफल पार्न कर्फ्यु वा लकडाउनको उपाय अवलम्बन गन नसकिने सङ्केत गरे । उनले यस ग्रीष्म ऋतुमा अघिल्लो लहरभन्दा ‘अझ शक्तिशाली र लामो’ हुनसक्ने बताए ।

    भाइरस फैलिनदेखि लड्न केही युरोपेली देशहरूले प्रयोग गर्ने भेरानले बताए, ‘सबैभन्दा बढी प्रतिबन्धात्मक उपायहरू प्रयोग नगरीकन हामी यो लहर पार गर्न सक्छौँ ।’

    राष्ट्रपति इम्यानुएल म्याक्राँले थपे, ‘कोभिड नियन्त्रणका लागि प्रतिबन्धात्मक उपाय अवलम्बन गर्नुभन्दा सरकारले मानिसहरूलाई रोग प्रतिरोध क्षमतामा वृद्धि गर्न दबाब दिइरहने र मास्क लगाउने सम्बन्धी नियमहरूलाई सुदृढ बनाउने योजना बनाएको छ । हालैका महिनाहरूमा खोप अभियानलाई सशक्त बनाएपछि नियन्त्रणका प्रतिबन्धात्मक उपायलाई रोकिएको थियो ।’

    ‘शुक्रबारदेखि फेरि सबै बन्द सार्वजनिक स्थानमा मास्क प्रयोग गरी प्रवेश गर्न सकिने छ भने कोभिड पास भएकालाई मात्र प्रवेशका लागि पहुँच योग्य स्थानहरूलाई छुट्ट्याइने छ,’ भेरानले भने ।

    स्थानीय अधिकारीहरूले क्रिसमस बजारजस्ता कुनै–कुनै बाहिरी कार्यक्रमहरूमा पनि कोभिड पास भएकालाई मात्र प्रवेशका लागि पहुँच योग्य स्थानका रूपमा व्यवस्था गरिनेछ ।

    हालैका दिनहरूमा फ्रान्समा दैनिक कोभिड सङ्क्रमितको नयाँ संख्या बढेको छ । बुधबार सात महिना यता सबैभन्दा बढी ३२ हजार ५९१ पुगेको थियो ।

    तर अस्पतालमा भएका गम्भीर घटनाहरूको संख्या अझै पनि व्यवस्थापन गर्न सकिने अवस्थामा भएको सरकारी अधिकारीहरूले बताएका छन् । -एजेन्सी ।

    २०७८, मंसिर १० शुक्रवार०९:१३:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार