रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते

रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते

२०७८, मंसिर १० शुक्रवार

  • 957
    SHARES

  • रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते

    काठमाडौँ । रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

    लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।

    घटनामा ४९ मजदुर घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।

    मिथेन ग्यास निस्किरहेकाले विस्फोट हुन सक्ने भन्दै उद्धार कार्य पनि रोकिएको छ ।

    खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    २८५ जना मजदुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।-एजेन्सी ।

    २०७८, मंसिर १० शुक्रवार१२:१४:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार