‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

२०७८, मंसिर १० शुक्रवार

  • 1.0K
    SHARES

  • ‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

    काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

    यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गरे । उनले खेलको २९औँ मिनेटमा गोल गरेका हुन् । 
     
    जीतसँगै सातदोबाटोले चार अङ्क जोडेको छ । थ्रीस्टारको तीन अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

    २०७८, मंसिर १० शुक्रवार०५:५८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार